
बिर्तामोड, २७ बैशाख । हाँस्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुढा’ पछिल्लो समय नेकपा एमालेको चुनावी अभियानमा व्यस्त छन् ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमालेले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा ‘तक्मे बुढा’ले प्रस्तुती दिँदै आउनुभएको हो । केही दिन अघिदेखि अर्जुनधारा नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदको उम्मेदवार बलदेव गोम्देन तामाङको चुनावी कोणसभामा प्रस्तुती दिँदै आउनु भएका ‘तक्मे बुढा’ले आइतबार र सोमबार बिर्तामोडको चुनावी कोणसभामा प्रस्तुती दिनुभयो ।
तक्मे बुढाले ‘उपमेयर हुँदा काम गरिन फेयर, यसपालिको चुनावमा पवित्रालाई बनाउनु पर्छ मेयर’भन्ने गीत मार्फत पनि भोटको अपिल गर्नुभएको थियो । हाँस्य कलाकार तक्मे बुढाले आइतबार बिर्तामोडको हर्चना र सोमबार वडा नम्बर ९ को कञ्चनटोलमा प्रस्तुती दिनु भएको हो । बिर्तामोड कलाकार तक्मे बुढाको गृहनगर पनि हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



