
भद्रपुर, ३१ बैशाख । झापामा ७०.४८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ ।
अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो । यसबर्ष मतदाताको सङ्ख्या बढे पनि त्यस भन्दा २ प्रतिशत मत कम खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
झापाको कनकाई, दमक, कमल लगायतमा मतगणना हुँदैछ भने केही स्थानीय तहमा सर्वदलीय बैठक पछि हुने भएकोछ । जिल्लाको ६५८ पदका लागि २७८५ जनाले उम्मेदवारी दिएका छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



