
कनकाई, ३१ बैशाख । कनकाई नगरपालिकाको मतगणना वडा नम्बर ९ र ८ बाट सुरु गरिएको छ ।
सो वडाको तीन सय मतगणना गर्दा सबैभन्दा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिपक कोइरालाले जानकारी दिए ।
त्यसैगरी, दोस्रोमा सूर्यका राजेन्द्रकुमार पोखरेलको ७७ र तेस्रोमा रुखको रुद्रप्रसाद चिमरियाको रुखको २८ मत खसेको छ यसैगरि हलोको ९ मत आएको छ । तराजुले एक मत पाएको छ ।
उपमेयरमा कलमको १३ मत, हलोको २० मत आएको छ भने सूर्यको ८५ मत आएको छ । वडाध्यक्षमा ८ नम्बरमा सूर्यको ६४ मत र रुखको ५० मत आएको छ भने ९ नम्बरमा वडाध्यक्षमा सूर्यको ५९ मत र रुखको ५३ मत खसेको छ । कनकाई नगरपालिकाको ९ नम्बर हुदै ८, ७, ६, ५ नम्बरको क्रमश मतगणना गरिने निर्वाचन अधिकृत कोइरालाले बताए । कनकाईमा ७२.८८ प्रतिशत मत खसेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



