
भद्रपुर, ३१ बैशाख । झापाको कचनकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएको छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्रप्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्।
त्यस्तै, राप्रपाका अन्जरा आलमले २२ तथा माओवादीका बुद्धिप्रसाद नेपालले ३ मत ल्याएका छन्।
उपाध्यक्षमा गठबन्धनका नवराज भट्टराईले २९ राप्रपाका निमसरी राजवशीले २७ तथा माओवादीका भागीरथा अधिकारीले १६ मत ल्याएका छन्।
हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । १५० मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङ्देनले ६८ मत ल्याउँदै १० मतको अग्रता लिएका हुन्।
दोस्रोमा एमालेका डम्बर बहादुर गिरीको मत ५८ रहेको छ। त्यस्तै, काँग्रेसका तुलसीप्रसाद ओलीले १० तथा माओवादीका भवानी प्रसाद दंगालले १२ मत ल्याएका छन्।
उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ५०, राप्रपाका लक्ष्मी देवी मैनालीको ४९, स्वतन्त्र उम्मेद्वार लखन हेमरमको १६ तथा माओवादीका टिका देवी राउतको ११ मत रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



