
भद्रपुर, १ जेठ । झापाको दक्षिणी गाउँपालिका कचनकवल गाउँपालिका–१ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् ।
कचनकवल–१ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् । लिम्बुले १४४२ मत ल्याएकोमा राप्रपाका लक्ष्मीनारायण यादव १११० मत ल्याएका छन् । यादव निवर्तमान वडा अध्यक्ष हुन् ।
त्यस्तै, एमालेका धनलाल राजवंशी २८८ र माओवादी केन्द्रका १८७ मत ल्याएका छन् । त्यस्तै, वडा सदस्यहरूमा काँग्रेसका अन्तप्रसाद राजवंशी, उग्र नारायण राजवंशी, सान्जावती राजवंशी र सुनिता दर्जी निर्वाचित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



