
कनकाई, १ जेठ । झापाको कनकाई नगरपालिकामा कांग्रेसबाट बाघी उम्मेदवारी दिएका शेरबहादुर थापाले अग्रता कायमै राखेका छन् । कनकाईको वडा नम्बर ६ , ७ , ८ र ९ को मत गणना भइरहेको छ । हालसम्म ४ हजार ५७० मत गणना हुदा मेयर पदमा स्वतन्त्र उमेद्वार शेरबहादुर थापा जेब्रा चिन्हले १९ सय ५१ मत ल्याउदै अग्रपंक्तिमा छन भने उपमेयरमा एमालेकी मञ्जु प्रसाईंले १६ सय ९ मत प्राप्त गरेर अग्रता कायमै राखेकी छन ।
नगर प्रमुखतर्फ एमालेका राजेन्द्रकुमार पोखरेल १३२१, कांग्रेसका रुद्रप्रसाद चिमरिया ५७८, राप्रपाका श्यामसुन्दर ओली २०१ मत प्राप्त गरेका छन् भने उप प्रमुख तर्फ रुख आशा शर्मा १४३०, हलो सचित्रा खनाल चुडाल २९५, कलम अम्बिका महत उप्रेती १४७ मत पाएकी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



