
दमक, १ जेठ । दमक वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्ष हरी न्यौपानेको प्यानल विजयी भएको हो । मत परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १६ सय ८६ मत ल्याएर विजयी भएभने विपक्षि गठबन्धनका तारा अधिकारीले १६ सय २४ मत ल्याएका छन् ।
त्यसैगरी महिला सदस्यमा तारा खपतरीले १७ सय १४ र दलित महिला सदस्यमा नविना मोहोराले १७ सय १५ मत ल्याएका छन् । खुला सदस्यमा रघुवीर बुढाथोकीले १६ सय ५८ र राजकर्ण राईले १६ सय १२ मत ल्याएर विजयी भएका छन् ।
यो वडामा मेयरमा गीता अधिकारीले १७ सय ३२ मत र गठबन्धनका राम थापाले १६ सय ४८ मत ल्याएका छन् ।
गठबन्धनकी रेगिना भट्टराई प्रसाईंले १६ सय ४० मत ल्याएर अग्रता कायम गरेकी छन् भने एमालेका अम्बिका खनालले १५ सय ०९ ल्याएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



