
भद्रपुर, २ बैशाख । भद्रपुर ४ को वडाध्यक्षमा हंशधर राजवंशी निर्वाचित भएका छन् ।
गठबन्धनबाट उम्मेद्वार भएका राजवंशीले १२ सय ६६ मतका साथ नेकपा एमालेका पुर्णबहादुर खजुमलाई ९ सय ३५ मा सिमित गर्दै निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेद्वार रहेका राजवंशी निवर्तमान वडाध्यक्षमा समेत हुन् ।
यसैगरी वडा सदस्यहरुमा नेकपा एमालेबाट अर्जुन बानिया ८ सय ९८ र माधव प्रसाद अधिकारी ९ सय ४२ मतका साथ विजयी भएका छन् भने महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी सविता पुरी १ हजार २० मतका साथ विजयी भइन् । त्यसैगरी महिला दलित सदस्यमा नेकपा एमालेकी सावित्रा विक ८ सय ६५ मतका साथ विजयी भएकी छिन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



