
झापा, २ जेठ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ पनि नेपाली कांग्रेसले जितेको छ । काँग्रेस सो वडामा प्यानलै जितेको हो ।
राप्रपाका मोहनचन्द्र गणेशलाई पराजित गर्दै काँग्रेसका नुरुजजमा मिया वडा अध्यक्ष जितेका हुन् । मियाले १२३६ र गणेशले ९३५ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका सन्तोषकुमार गणेश १०५१ , पहारसिंह गणेश १००५ र महिला सदस्यमा मुस्तकोमा मिया १०३५ मत ल्याई विजयी भएका छन् ।
यसअघि सोही वडामा काँग्रेसका तर्फबाट दलित महिला सदस्यमा बिजली दास निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



