
भद्रपुर, ३ जेठ । झापा गाउँपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
भूइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुवासलाल गणेश ९५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गनारायण राजवंशीले ६६३ मत ल्याएका छन् ।
वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जिते पनि बाँकी सदस्यहरू एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका कुमार राई ९८०, अब्दुल रसिद ९१३ , महिला सदस्यमा तारा सुवेदी बराल ८७३ र दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा ९०९ मत ल्याएर विजयी भएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



