
झापा, ३ जेठ । कनकाई नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडामा एमालेका रोशन सुवेदी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुवेदीले यसअघि सोही वडाका सदस्य थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई पराजित गर्दै सुवेदी निर्वाचित भए । सुवेदीले १५६८ मत ल्याउँदा दाहालले १३०६ मत ल्याए ।
त्यस्तै, वडा महिला सदस्यतर्फ एमालेकै लक्ष्मी कटुवाल १६४५, दलित महिला सदस्यमा मन्दिरा विश्वकर्मा १५५०, खुल्ला सदस्यमा मोहनप्रसाद संग्रौला १४८५ र शेषप्रसाद प्रसाईं १४०० मत ल्याएर विजयी भएका छन् । यसअघि कनकाई वडा नम्बर ५, ६, ७ , ८ र ९ को नतिजा सार्वजनिक भइसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



