
कनकाई, ३ जेठ । झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेलले मेयरमा अग्रता कायमै राखेका छन् । १९ हजार ७१२ मतगणना गर्दा उनको अग्रता कायमै रहेको हो ।
पोखरलले ६ हजार ४६१ मत पाएका छन् । त्यस्तै, कांग्रेसका रुद्रप्रसाद चिमरियाले ४ हजार ८५८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाले ४ हजार ६२३ मत प्राप्त गरेका छन् ।
उपमेरमा कांग्रेसकी आशा शिवाकोटीले ७ हजार ९०७, एमालेकी मञ्जु प्रसाईले ६ हजार ६६७ मत प्राप्त गरेकी छिन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



