
बुधबारे, ६ जेठ । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बाजी मारेको छ ।
गाउँपालिकाको अध्यक्षमा मनोज प्रसाईं निर्वाचित भएका हुन् । प्रसाईले निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा भूर्तेललाई ३०११ मतान्तरले पछि पार्दै विजयी बने । प्रसाईंले ११४०३ मत ल्याएका छन् भने भूर्तेलले ८३०२ ल्याएकी छन् ।
उपाध्यक्षमा एमालेका भवानी खतिवडा विजयी भएका छन् । उनले ८०७४ मत त्याएर नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खड्ग तिम्सिनालाई पराजित गरे । तिम्सिनाले ५२१६ मत ल्याएका छन् ।
उक्त गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए। गाउँपालिकामा रहेका सात वडा मध्ये १ र ७ को वडाअध्यक्षमा एमाले निर्वाचित भएको छ भने अन्य वडाको वडाअध्यक्ष कांग्रेसले जितेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



