
झापा, ८ जेठ । स्थानीय तहको निर्वाचनमा झापामा तीन जनाले प्रमुख पदमा दोहो¥याएका छन् ।
झापाको कन्काइ नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेलले दोहोर्याएका छन् । उनले ८ हजार ६७३ मत ल्याउँदा काँग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत ल्याएका छन् ।
झापाकै झापा गाउँपालिकामा काँग्रेसका जयनारायण साहले पुनः जितेका छन् । उनले ६ हजार ९९८ मत ल्याउँदा एमालेका गौरीशंकर राजवंशीले ४ हजार ३६५ मत ल्याए ।
झापाकै हल्दीबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेनले पुनः जितेका छन् । उनले ६ हजार ८ सय ५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६ सय ६६ मत ल्याए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



