
बिर्तामोड, १० जेठ । झापाको पूर्वीद्वार मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन् ।
आज बिहान निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसको तर्फका र्इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् ।
नगरप्रमुखमा वजयी बुढोथोकीले २६ हजार ४७८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । मेचीनगरमा कुल ६३ हजार ६८८ मत खसेको थियो ।
त्यस्तै राप्रपाका रमेश दाहालले ३ हजार ८९५, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले १ हजार ८८७, साइकल चिन्हले १९१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
यता नगरको उपप्रमुखमा मिना पोखरेल उप्रेती विजयी भइन् । उनले ८ हजार ७७२ मतको अन्तरले प्रतिसपर्धिलाई हराउदै विजयी भइन् । उनले २१ हजार ५९० मत ल्याएकी थिइन् ।
उनका प्रतिस्पधिहर्रु गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८, राप्रपाकी सविना बजगाईले ९ हजार ८८०, स्वतन्त्रबाट उम्मेद्वार बनेका डिल्लीराम घिमिरेले पानीको धारा चिन्हबाट १ हजार १९९, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले २ हजार २४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



