
झापा, १ असोज । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।
यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



