
झापा, ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको छ । सोमबार बसेको राप्रपाको बैठकले सबै क्लस्टरका समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको हो ।
राप्रपाको कार्यसम्पादन, पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि लामो छलफलपछि समानुपातिक उम्मेदवारको सूची तयार गरेको उनले बताए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



