
बिर्तामोड, १४ असोज । नेपाली कांग्रेस झापाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ/नगर सभापति एवं भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले असोज १५ गते सबै क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगरमा बैठक राखी निर्वाचनको तयारी थाल्न निर्देशन दिएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



