
भद्रपुर, १५ असोज । नेपाल विद्यार्थी संघ भद्रपुर ९ को सभापतिमा विवेक घिमिरे मुकेश निर्विरोध चयन भएका छन् ।
संघको उपसभापतिमा सिम्पल पौडेल र अभिशेक खतिवडा, सचिव प्रलाद राजवंशी र रितिका राजवंशी, सहसचिव जेनिशा शर्मा र उद्धव राजवंशी तथा कोषाध्यक्षमा अंशु खडा निर्विरोध चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा क्रमश शोभा खड्का, कविन्द्र राजवंशी, प्रविधि पोखरेल, औरज दाहाल, दिपेनद्र राजवंशी, रेनुका शिवाकोटी, लक्ष्मी मुर्मु, गौतम राजवंशी लगायत रहेका छन् । वडा सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टाइको प्रमुख आतिथयमा सम्पन्न कार्यक्रममा प्रदेश उपसभापति सोमप्रसाद ढुंगेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने नव निर्वाचित सभापति घिमिरेले प्रतिबद्धता मन्तव्य राखदै युवा विद्यार्थीको अधिकार सुनिश्चित गर्न लागि पर्ने जनाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



