
बिर्तामोड, २४ असोज । झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले सर्वसत्ताबादका मतियारलाई सत्तामा पु¥याउँदा समस्या उत्पन्न भएको बताउँदै यसको अन्त्यका लागि गठबन्धन दलको समर्थनमा आफूले उम्मेद्वारी दर्ता गराएको बताउनुभएको छ ।प्रतिगमनविरुद्ध संगठित गठबन्धन दलको विर्तामोडमा सम्पन्न संयुक्त बैठकलाई सम्बोधन गर्दै उम्मेद्वार रानाले केपी ओलीको सर्वसत्ताबादी सोच परास्त गर्न गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गर्नुभयो ।
बैठकमा निर्वाचन परिचालन मूल समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले देशमा उत्पन्न विसम परिस्थितिमा संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन गर्नुपरेको बताउँदै गठबन्धन दलका साझा उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो । झापा क्षेत्र नं–२ मा गठबन्धन दलका उम्मेद्वारहरुको विजय सुनिश्चित भइसकेको बताउँदै एकताबद्ध ढंगमा निर्वाचनमा जुट्न आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री धर्मशिला चापागाईले गठबन्धन दलले योजनाबद्ध रुपमा चुनाव प्रचारलाई अघि बढाए प्रतिगामी तत्व परास्त हुने भनाइ राख्नुभयो ।
कार्यक्रममा क्षेत्र नं–२ प्रदेश १ का उम्मेद्वार पुष्प पोखरेल, २ को २ का उम्मेद्वार खगेन्द्र मैनाली , नेकपा एस।का केन्द्रीय सदस्य निलमणि बराल, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, नेकपा एस। का उपसचिव तीर्थ सिग्देल लगायत गठबन्धन दलका जिल्ला, क्षेत्र, प्रदेशसभा र पालिकास्तरका नेतृत्वको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



