
झापा, २७ असोज । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ देशभर ८६७ जना स्वतन्त्र उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम छन् ।
उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



