
झापा, २७ असोज । प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा गरेर ९४७ जना उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पछि हिजो साँझ ७ बजेसम्म संकलन भएको विवरण अनुसार सो संख्यामा उम्मेदवार कायम रहेका हुन् ।
प्रदेश १ मा प्रतिनिधिसभातर्फ २८ निर्वाचन क्षेत्र छ । जसमा ४३७ जना उम्मेदवार कायम भएका छन् । यस्तै, प्रदेशसभा तर्फ ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमा ५१० जना उम्मेदवार कायम भएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



