
झापा, २७ असोज । नेपाली कांग्रेसले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ दिएका उम्मेदवारहरुलाई पार्टीबाट निस्कासन गरेको छ।
कांग्रेसले विधानको धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको हो ।
कांग्रेसले ‘बागी’सँगै निजका प्रस्ताव र समर्थकलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरेको छ । यसअघि कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर ‘बागी’हरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



