
बिर्तामोड, २९ असोज । गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय संयन्त्र गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी र माओवादी केन्द्रका संयोजक राजु आचार्य अग्नी सचिव रहनुभएको छ ।
समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट शेरबहादुर भट्टराई र कृष्ण हुमागाई, माओवादी केन्द्रबाट मोहन टुडु र कुवेर श्रेष्ठ, नेकपा एसबाट सविना भण्डारी र विपि भट्टराई रहनुभएको छ । गठित समितिले जिल्लाका सबै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा आइपर्ने समस्या र विविध विषयमा समन्वय र समस्या समाधानका लागि कार्य गर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



