
सुरुङ्गा, २९ असोज । झापा क्षेत्र नम्बर ४ का गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले आफू सक्ता र सांसदको भुमिकामा नहुँदा समेत सत्तामा रहने भन्दा दोब्बर काम गरेको दाबी पेश गर्नुभएको छ ।
आज गठबन्धन दलको प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमको कनकाईमा उदघाटन गर्दै थेबेले कनकाई–३ को रोडपारिको क्षेत्रमा मात्रै आफ्नै पहलमा इलाका प्रहरी कार्यालयको भवनका लागि बजेट परेको सुधिर मार्गको स्तर उन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँया बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्ध देखि लिएर छठ पुजाका लागि समेत बजेट विनियोजन गरिदिएको बताउँनुभयो । मैले हार्दा त यतिका रकम विनियोजन गरेभने जित्दा झापा ४ का जनतालाई केपीजीले दमकमा त्यहाँका जनतालाई गरेको विकास भन्दा चार दोब्बर काम गरेर देखाउँछु । म हार्दा पनि जित्दा पनि तपाईहरुकै गाउँघरमा भेटिनेछु यो मेरो वाचा भयो थेबेले भन्नुभयो । थेबेले कनकाई ३ सुरुङ्गास्थित पाथिभरा देविको मन्दिरमा वाचा गर्दै आफ्नो घोषणापत्र प्रस्तुत गनुभएको थियो । थेबेले आफुले नजित्दा समेत गरेका विकासको फेरिहस्त प्रस्तुत गर्दै जिताउँदा विकासको मुहान फुटाउने प्रतिवद्धता जनाउँनुभयो । आफुलाई यस क्षेत्रमा वाढी आउँदा र घाँम लाग्दा सन्काह खोलाको रुप कस्तो हुन्छ भन्ने कुराको राम्रो व्यावहारिक ज्ञान भएको भन्दै मतदान गर्न आग्रह गर्नुभयो ।
संचारकर्मी मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा झापा क्षेत्र नम्बर ४ को प्रदेश सभाका उम्मेद्धार एकराज उप्रेती, स्थानीय वाशीको तर्फबाट विज्ञान संग्रौला लगायातले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा कांग्रेस नगर सभापति दुर्गा प्रसाई, माओवादी कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी , सयुक्त प्रचार समितिका संयोजक जयनारायण शाह, लगायातको कार्यक्रममा आतिथ्यता रहेको थियो कार्यक्रमको सभापतित्व कांग्रेसका कनकाई २ का सभापति बुद्धिमान बोहोराले गर्नुभएको थियो ।
गठबन्धन दलको तर्फबाट १ र २ नम्बर वार्डमा शनिवार र आइतवार घरदैलो अभियान जारी रहने प्रचार समितिका मनोज बस्नेतले बताउँनुभयो । शनिवार थेबले कनकाई १ र २ का आधा दर्जन स्थानमा कोषसभाको आयोजना गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



