
झापा, ३१ असोज । नेकपा माओवादी केन्द्रले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीका मुख्यसचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता उम्मेदवारलाई कारबाही गरिएको जानकारी गराएका छन् । त्यस्ता बागी उम्मेद्वारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रीय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराएमा त्यस्ता बागी उम्मेद्वार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिइने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



