
झापा, २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा पार्टीको निर्देशन विपरित गएका भन्दै ३ जनालाई पार्टी बाट निस्काशन गरेको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीको निर्देशन अवज्ञा गर्दै उम्मेद्वारी दिने खुस्बु ओली, क्षेत्र नम्बर १ (ख) मा आफ्नै उम्मेदवार सविना बजगाईंविरुद्ध उम्मेद्वारी दिने कल्याण खड्कालाई पार्टीको साधारण सदस्य नरहने गरी निस्काशन गरिएको हो। पार्टी भावनाविरुद्ध अनधिकृत गतिविधि गरेको भन्दै कन्काई नगरपालिकाका श्याम ओली निलम्बनमा परेका छन् ।
झापामा एमाले र राप्रपा बीच तालमेल भएको छ। तालमेल विरुद्ध गतिविधि गरेको र झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिंग्देनविरुद्ध उम्मदेवारी दिएकोमा एमालेले यस अघि नै एमाले झापा जिल्ला सचिवालय सदस्य समेत रहेका डम्बर गिरिलाई साधारण सदस्यता समेत खोसी सकेको छ। त्यस्तै, अनाधिकृत गतिविधि गर्ने झापाका केही कार्यकतालाई समेत एमालेले कारबाही गरिसकेको छ।
यस्तो छ राप्रपाको विज्ञप्ति
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



