
भद्रपुर, २ कात्तिक । झापा भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस छाडेर उनी आज राप्रपामा समाहित भएका हुन् ।
उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीमा प्रवेश गराएका हुन् । मल्लिक झापा क्षेत्र नम्बर ३ का कांग्रेस नेता थिए । यहाँ कांग्रेसबाट कृष्णप्रसाद सिटौला र राप्रपाबाट लिङ्देन चुनावी मैदानमा छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



