
झापा, १४ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि आज तीन राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेका हुन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ ।
्
नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर .सार्वजनिक गर्न लागेको छ भने राप्रपाले आज बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



