
बिर्तामोड, १७ कात्तिक । संयुक्त गठबन्धन झापा–२ का प्रतिनिधि सभा र प्रदेस सभाका उमेदवारहरुले झापाली भुमिको इतिहास बोकेको कोचहरुको बाहुल्यता रहेको घैलाडुब्बाबाट आफ्नो घर दैलो अभियान सुरु गरेका छन् ।
पुर्व कै आदिवासी भूमि पुत्रहरुको आशीर्वाद ग्रहण गर्दै चुनाबी घर दैलो सुरुवात गर्दै प्रतिनिधि सभाका उमेदवार हरीकुमार राना र प्रदेस सभाका उमेदवार पुष्पराज पोखरेलले घर दैलो सुरु गरेका हुन् । बिहिबार भुमिपुत्रहरुको सम्मानले जीत सुनिश्चित गर्ने धारणा राख्दै उनीहरुले कनकाई ९ मा रहेको कोचहरुको इतिहास र सस्कृती बोकेको कोच भवन र त्यहा रहेको ग्रामथानमा पुजा समेत गरे । कोचहरुले निर्माण गरेको ऎतिहासिक स्थल ग्रामथानको दर्सन गराउदै दुबै जनाको विजय सुनिस्चित भएको सन्देस प्रवाह गरे ।
घर दैलो अभियानमा सहभागिता दर्साउने युवादेखि बृद्द बृद्धाहरुले उमेदवारहरुलाई आशीर्वाद दिदै जीतको कामना गरेको प्रचार प्रसार समितिका सह सम्योजक तीर्थ सिग्देलले बताए । घर दैलो सगै घैलाडुब्बा बजारमा आयोजना गरिएको कोण सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता सुधीरकुमार शिवाकोटीले गठबन्धनका उमेदवारहरुलाई कोच समुदायले दर्साएको मायाभावले उत्साह भरिएको बताए । त्यहा बोल्दै कोच समुदायका अगुवा तथा पुर्व सांसद नारायणसिंह राजबंशीले कोच जाति सदैव अन्यायमा परेकोले सास्कृतिक उत्थान र जागरण आवस्यक रहेको उल्लेख गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



