
बिर्तामोड, २४ कात्तिक । झापा क्षेत्र नं. २ का उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सोही क्रममा झापा क्षेत्र नं–२ अन्तरगत झापाको बुद्धशान्ति ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्र नं–२ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना र क्षेत्र नं–२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनाली, समानुपातिक उम्मेद्वार पम्फा विक तथा गठबन्धनका कार्यकर्ताहरुले वडा नं–३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् ।
यसैगरी, क्षेत्र नं–२, प्रदेशसभा–१ का उम्मेद्वार पुष्पराज पोखरेलसहित गठबन्धनका कार्यकर्ताहरुले बिर्तामोड–७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
उनीहरुले घरदैलोका क्रममा मतदाताको साथ र समर्थन समेत पाइरहेका छन् । परिवर्तनका सम्वाहक रुपमा रहेका रानाप्रति जनताको अघात विश्वास रहेको पाइएको छ । स्थानीय तहमा नेतृत्व सम्हालेर जनजीविकाका सवालमा धेरै काम गरेकाले पनि रानाप्रतिको जनलहर बढ्दो रहेको बताइन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



