
भद्रपुर, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनकालमै नेपाली जनतालाई समृद्धि देशको सुखी नागरिक बनाउने संकल्प लिएको बताउनुभएको छ ।
चुनावी अभियानका क्रममा भद्रपुर–६ स्थित भानुचोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली जनतालाई सुखी र समृद्ध बनाउने संकल्प लिएका छौं, त्यो संकल्प पूरा गर्न हामीले भूमिका निर्वाह गर्नुछ ।”
अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं. ३ ले विगत २५ वर्षमा नभएका कामहरु प्राप्त गरेको बताउनुभयो । “विगत पाँच वर्षमा हामीले सबै गर्यौं त भन्न सकिन्न”, झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अध्यक्ष लिङ्देनले भन्नुभयो, “तर, २५ वर्षमा नभएका कामहरु यो पाँच वर्षमा पूरा भएको छ ।”
अझै धेरै काम गर्न बाँकी रहेकाले राप्रपा–एमालेका साझा उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



