
झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ४ को को मतगणनामा स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् । झापा ४ मा ३४४८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकालले १३४८मत ल्याएर अग्रता बनाउनुभएको छ।
झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले १११८ मत र नेपाली कांग्रेसका देउमान थेबेले ६३२ मत प्राप्त गर्नुभएको छ। झापा ४ मा सङ्घीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ६ सय ५७ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



