
भद्रपुर, ५ मंसिर । झापा क्षेत्र नम्वर ३ को चार हजार चार सय ५३ मत गणना गर्दा राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो अग्रतालाई बढाउँदै ५६१ मत पुरयाएका छन् ।
प्राप्त मत परिणाम अनुसार लिङ्देनको २ हजार २ सय ४६ तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको एक हजार ६ सय ८५ मत रहेको छ । यस्तै प्रदेश सभा तर्फ क को ३ हजार २ सय ३८ मत गणाना हुँदा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशीको अग्रता कायममै रहेको छ । राजवंशीको एक हजार ५ सय ११ मत छ भने नेकपा एमालेका बसन्तकुमार बानियाको एक हजार ४ सय ३२ मत रहेको छ ।
यसैगरी प्रदेश ख मा नेकपा एमालेका छविलाल चुडालको अग्रता कायमै रहेको छ भने माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशी पछ्याइ रहेका छन् । चुडालको एक हजार एक सय ५९ मत छ भने राजवंशीले ६ सय २७ मत प्राप्त गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



