
सुरुङ्गा, ७ मंसिर । झापा क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार नेकपा (एमाले)का एलपी साँवा १३०४४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । साँवा ३०७९ मतले अगाडी रहेका छन् ।
नेपाली कांग्रेसका देउकुमार थेबेले ९९६५ मत प्राप्त गर्दै दोस्रो स्थान कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तर्फका उम्मेद्वार शम्भूप्रसाद ढकालले भने ७५५१ मत प्राप्त गर्दै तेस्रो स्थान कायम गरेका छन् ।
जम्मा ३६२६४ मत गणना हुँदा २३०२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा ४ मा १२३१२४ मतदातामध्ये ७९३४९ मत खसेको जनाइएको छ ।
त्यसैगरी, बिहान ६ बजेको मत परिणाम अनुसार झापा ४ प्रदेश (१) तर्फ एमालेका राधाकृष्ण खनालले २७६७ मत प्राप्त गर्दा माओवादीका झलकसिंह दर्लामीले २५८२ मत प्राप्त गरेका छन् । प्रदेश (२) तर्फका कांग्रेसका एकराज उप्रेतीले २८३५ मत प्राप्त गर्दा राप्रपाका भक्तिप्रसाद सिटौलाले ४२०७ मत प्राप्त गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



