
भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नं. ३ राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै रहेको छ ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन १८ हजार १३४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्ण सिटौला १५ हजार ४२७ मतका साथ दोस्रो स्थानमा रहनुभएको निर्वाचन आयोगको वेभसाइटमा उल्लेख छ ।
यता, झापा ३ को प्रदेशसभा १ं मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार भूमिप्रसाद राजवंशी १६ हजार ९१६ मतका साथ पहिलो हुनुहुन्छ भने एमालेका उम्मेदवार बसन्त बानियाँ १६ हजार १११ मतका साथ दोस्रो स्थानमा हुनुुहुन्छ ।
यस्तै, झापा ३ को प्रदेशसभा २ मा एमालेका छविलाल चुडाल ११ हजार ८०१ मतका साथ अग्रस्थानमा हुनुहन्छ भने बाम लोकतान्त्रिक गठबन्धनका पूर्णसिंह राजवंशी आठ हजार ९६९ मतका साथ दोस्रो स्थान रहनुभएको निर्वाचन आयोगको वेभसाइटमा उल्लेख छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



