
बिर्तामोड, ७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणाम अनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले)का एकराज कार्कीले १८ हजार ७३१ मत प्राप्त गरी विजय भएको झापा क्षेत्र नं. २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।
विजयी कार्कीका निकटम् प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेल छ हजार १०१ मत प्राप्त गर्नु भएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६५१ मत रहेको छ ।
झापा क्षेत्र नं. २ को प्रदेशसभा १ मा ३८ हजार ५४८ मत खसेको थियो । जसमा ती हजार ३३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयो ।
कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गर्नुभएको छ । उहाँ २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी हुनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



