
भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले विजय प्राप्त गर्नु भएको छ । उहाँले नेकपा एमाले नेता अग्निप्रसाद खरेलाई १४२७५ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
शर्माले झापा क्षेत्र नम्बर १ बाट ३९६२४ मत प्राप्त गर्नुभएको छ भने वहाँका निकटतम् प्रतिद्वन्दी खरेलले २५३४९ मत प्राप्त गर्नु भएको हो । दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्माले तेस्रोपटकमा भारी मतका साथ विजय हासिल गर्नुभएको हो । हाल नेपाली काँग्रेसका प्रभावशाली महामन्त्री समेत रहेका शर्मा विसं २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ मा पार्टीका प्रवक्ता थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



