
झापा, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा राप्रपाकी सविना बजगाईं विजयी भएकी छन् ।
बुधबार सम्पन्न अन्तिम मत परिणामबाट सत्ता गठबन्धनका श्यामवीर लिम्बुलाई हराउँदै सविना प्रदेश सदस्यमा चुनिएकी हुन् । बजगाईंले १३६२१ मत पाउँदा लिम्बुले १२२२५ मत पाएका छन् । राप्रपाले यस क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



