
झापा, ९ मंसिर । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेले ९ लाख ११ हजार २९०, नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१, राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ र माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत पाएको छ ।
राप्रपाको २ लाख ३७ हजार ५२४, जसपा नेपालको १ लाख १५ हजार ६५२, जनमत पार्टीले ६९ हजार ४९५, नेकपा (एकीकृत समाजवादी)ले ६३ हजार १५९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



