
भद्रपुर, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादको पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि बिहीबार झापाको चद्रगढीमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादको पक्षमा नरहेको प्रमाणित भएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले जनतालाई धोका नदिने र विश्वासघात गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “जनताले विश्वास गरेर मलाई विजय गराउनुभएको छ”, उहाँले भन्नुभयो, “म उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरुको भरोषामाथि तुसारापात गर्ने छैन ।”
अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको भ्रष्टार नगर्ने र गर्न दिनेसमेत दोहो¥याउनुभयो । त्यस्तै, अध्यक्ष लिङ्देनले झापाबाट एउटा प्रवृत्तिलाई सधैंका बिदा भएको समेत उल्लेख गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



