
झापा, ९ मंसिर । झापा क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा (एलपी)ले आगामी पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिनिधिसभा सदस्यमा विजय भएपछि उहाँले मतदातालाई धन्यवाद ज्ञापन गर्दै आगामी पाँच वर्षे कार्यकालमा रचनात्मक एवम् उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभयो । “पूर्वाधार विकाससँगै मानव विकासलाई उत्तिकै महत्वका अघि बढाउँछु”, उहाँले भन्नुभयो, “मलाई पुनः सांसद बनाएर यस क्षेत्रको विकास गर्ने अवसर दिनुभएकोमा आम मतदाता, शुभेच्छुक, नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दछु ।”
यस्तै, झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् ।
विजयी साँवाले निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस झापा सभापति देउमान थेवेलाई पराजित गर्नुभएको छ । साँवाले २९ हजार ३१५ मत प्राप्त गर्नुभएको छ भने थेवेले २२ हजार ४४८ मत प्राप्त गर्नुभएको छ ।
झापा क्षेत्र नं.४ मा महिला एक लाख २३ हजार १२३ मतमध्ये ७९ हजार ४८३ मत खसेको थियो । सोमध्ये चार हजार ६४७ मत बदर भएको छ । झापा ४ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्र छ जना गरी १८ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



