
भद्रपुर, ११ मंसिर । नेपाली कांग्रेसका प्रभावाशाली नेता कृष्णप्रसाद सिटौला पराजित झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
झापा क्षेत्र नं. ३ मा कांग्रेसले २५ हजार ५३५ मत प्राप्त गरेको झापा क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । १९ हजार ७४३ मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ भने १९ हजार ४६० मतका साथ झापा ३ मा नेकपा (एमाले) ले तेस्रो स्थानमा छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी सात हजार ८१२ मतका साथ चौथो स्थानमा रहेको छ भने नेकपा (माओवादी केन्द्र) सात हजार ५९५ मतका साथ पाँचौं स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



