
झापा, २८ मंसिर । झापाकी निशा डाँगी २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम २५ वर्षमात्र छ । भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका पशुपति शमशेर राणा छन् । राणाको उमेर ८० वर्ष रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



