
विराटनगर, ५ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले खोटाङ आगलागीको घटनाले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री कार्कीले एस्तो बताउनुभएको हो ।
मन्त्री कार्कीले आगलागीले मानविय क्षति नभए पनि भौतिक संरचनाका साथै विस्तारित बजार क्षेत्रलाई क्षति पूर्याएको बताउँदै पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभयो ।
गएराति जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. ४ बाक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नस्ट भएका छन् ।
त्यहाँ सञ्चालनमा रहेका विभिन्न पसल र संस्थाका कार्यालय समेतमा पूर्ण र आंशिक गरी ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



