
झापा, १२ चैत । जुझारु युवा व्यवसायी राजकुमार कार्की (राजु) यतिबेला व्यवसायीको मत माग्न व्यस्त छन् । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने योजनाका साथ उनी व्यवसायीको मत माग्न व्यस्त भएका हुन् ।
कृष र व्यवसाय राम्ररी बुझेका उनलाई केन्द्रीय सदस्यमा विजय गराउन यहाँका व्यवसयायी समेत लागिपरेका छन् । झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल अलैंची व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरुले महासंघका पूर्वअध्यक्ष कार्कीलाई विजय गराउन अपिल समेत गरेको छ । उद्योग वाणिज्य महासंघको काठमाडौमा आगामी चैत २८ र २९ गते हुने ५७औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ ।
कृषक, उद्योगी, व्यवसायीको पीर मर्का र पीडा बुझ्ने, उद्योगी–व्यवसायीको पक्षमा उभिन सक्ने व्यक्तिको आवश्यकता परेकाले कार्कीलाई उम्मेदवार बनाउने महासंघले निर्णय गरेको अध्यक्ष निर्मल भट्टराईले बताए ।
महासंघमा वस्तुगत संघहरुको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने महासंघले निर्णय गरेको अध्यक्ष भट्टराईले बताए । एउटा कुशल, संगठक, प्रष्ट वक्ता, सबैखाले उद्योगी व्यवसायीका समस्या समाधानका लागि अग्रपंक्तिमा उभिने हक्की स्वभावका कार्कीले घोषणा गरेको उम्मेदवारीप्रति नेपाल अलैची व्यवसायी महासंघले समर्थन गर्दै निर्वाचनमा वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा उनलाई मतदान गर्ने महासंघले निर्णयसमेत गरेको छ ।
कार्की नेपाल अलैची व्यवसायी महासंघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल कुचो संघको संस्थापक समेत हुन् ।कार्कीलाई वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा मतदान गरी अत्यधिक मतले विजयी सवै वस्तुगत संघहरुमा महासंघले अपिल समेत गरेको छ ।
महासंघका केन्द्रीय उपाध्यक्ष सुवास भट्टराई, सल्लाहकार पवनकुमार बिन्दल, नेपाल सुपारी निर्यात तथा ब्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे, महासंघका महासचिव नारायण चिमरिया, सचिव सुश्मा भण्डारी, कोषाध्यक्ष जित बंशललगायतको उपस्थिति रहेको थियो ।
मुलुकभर १२३ वटा वस्तुगत संघ रहेका छन् भने झापामा मात्रै ७ वटा वस्तुगत संघ छन् । जसमध्ये पाँच वटा वस्तुगत संघले कार्कीलाई पूर्ण समर्थन छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



