
बिर्तामोड, २७ चैत । झापाको बिर्तामोडमा राजस्थान मार्वल एण्ड टायल्स सञ्चालनमा आएको छ ।
बिर्तामोड–१ स्थित भगवान चोकमा सञ्चालनमा आएको राजस्थान मार्वल एण्ड टायल्सको आज एक कार्यक्रमका बीच उद्योग बाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलले उद्घाटन गर्नुभयो । पसल उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले बजार चुनौतिपूर्ण अवस्थामा रहेको पसल सञ्चालनमा आएको बताउँदै असहज परिस्थितिमा पनि व्यवसाय सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले सरकारले उद्योगी–व्यवसाय सहज रुपमा सञ्चालन हुने वातावरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

राजस्थान मार्वल एण्ड टायल्समा ग्रेनाइड, मार्वल, टाइल्स, सेनेटरी र बाथरुम फिटिङका सामान पाइने पसलका सञ्चालक वलदेव चौधरीले बताउनुभयो । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका बजारलाई लक्षित गरेर थोक तथा खुद्रामा बिक्री गर्ने गरी पसल सञ्चालनमा आएको उहाँको भनाइ छ ।
इटहरीमा मुख्य कार्यालय रहेको राजस्थान मार्वल एण्ड टायल्सको बिर्तामोडमा शाखाका रुपमा सञ्चालनमा ल्याइएको हो । बलदेव चौधरी, अंकित चौधरीसहित केही युवाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको राजस्थान मार्वल एण्ड टायल्स शोरुम सञ्चालनमा ल्याएका हुन् ।
एक करोड रुपैयाँको लगानीमा राजस्थान मार्वल एण्ड टायल्सको शाखा सञ्चालन गरेको सञ्चालक मध्येका बलदेव चौधरीले जानकारी दिए । कार्यक्रममा व्यवसायी डिल्लीराम मैनालीलगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



