
बिर्तामोड, १६ बैशाख । झापाको बिर्तामोडमा विद्युतीय कार बीवाईडी कम्पनीको गाडी बिक्री शुरु भएको छ ।
बिर्तामोड–३ मा नटराज अटो प्रालिले गाडीको बिक्री शुरु गरेको हो । सोही क्रममा बिर्तामोड–५ का मनिस धानुकाले बीवाईडीको अट्टो ३ मोडलको गाडी खरीद गरेका छन् । गाडी खरीदकर्तालाई राष्ट्रिय सभा सदस्य गोपाल बस्नेतले गाडीको चाबी हस्तान्तरण गर्नुभयो ।
फूल इलेक्ट्रोनिक अटो यो गाडीको मूल्य ९० लाख रुपैयाँ रहेको छ । दुई सेगमेन्टमा उपलब्ध अर्को गाडीको मूल्य ६५ लाख रहेको छ भने गाडी एक पटक चार्ज गर्दा ४२० किलोमिटर कुद्ने सञ्चालक कुशल खतिवडाले राजनकारी दिनुभयो । नटराज अटोमा खतिवडासँगै युवा व्यवसायी विशाल बिमली र विकास बस्नेतको लगानी छ । हालसम्म विभिन्न मोडलका १२ वटा गाडी बिक्री गरिसकिएको र चाँडै शोरुम उद्घाटन गरिने सञ्चालक खतिवडाले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



