
झापा, २८ बैशाख । सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
बिहीबार गभर्नर महाप्रसाद अधिकारीले वािणज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०सँग छलफलमा सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् । पछिल्लो समय वाणिज्य बैंकहरुले सेवाग्राही समस्या सम्बोधन नभएको भन्दै उजुरी आउन थालेको थिए । गुनासो बढ्दै जादा राष्ट्र बैंकले बैंकहरुका सीईओलाई बोलाएर समस्या सम्बोधन गर्न भनेको छन् । सबै वाणिज्य बैंकका सीईओसहितको छलफलमा राष्ट्र बैंकमा परेका गुनासाका विषयमा कुराकानी भएको एक वाणिज्य बैंकका सीईओले बताए । उनका अनुसार हालै नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कूलरको बारेमा समेत छलफल भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



