
झापा, ५ जेठ । मुलुकमा औद्योगिक ग्राम घोषणा गरिए पनि त्यसको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा नराख्दा कृषिसँग सम्बद्ध ५० ओटा साना उद्योग स्थापना गर्ने योजना ३ वर्षदेखि अघि बढ्न सकेको छैन ।
आवश्यक बजेट व्यवस्थापनदेखि उचित समन्वय नहुँदा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, डिजाइन र जग्गासमेत प्राप्त भएको महिला उद्यमी हरित औद्योगिक ग्रामको काम अघि बढ्न नसकेको हो । महिला उद्यमीलाई लक्ष्य गरेर शुरू गरिएको यो ग्राम सञ्चालनमा ल्याउन महिला उद्यमीले प्रयास गरे पनि हालसम्म सञ्चालनका लागि आवश्यक पूर्वाधार बन्न सकेको छैन ।
औद्योगिक ग्राम स्थापना गर्न काभ्रेको पाँचखाल नगरपालिकासँग जग्गाका लागि सम्झौतासमेत भइसकेको छ । २५ वर्षका लागि सय रोपनी जग्गा भाडा लिन सम्झौता भइसकेको ग्रामकी अध्यक्ष शारदा रिजालले जानकारी दिइन् । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



